सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

User Image Prime TV News ३ दिन अगाडि
Image of सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

काठमाडौ । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो।

आज सुन प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार यही परिमाणको सुन २ लाख ९९ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो। यसैबीच चाँदीको मूल्य भने सामान्य रूपमा बढेको छ। शुक्रबार प्रतितोला ५ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर ५ हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।