धनुषामा बस दुर्घटना, १७ जना घाइते

User Image Prime TV News ३ दिन अगाडि
Image of धनुषामा बस दुर्घटना, १७ जना घाइते

धनुषा । पूर्व–पश्चिम राजमार्गअन्तर्गतमिथिला नगरपालिका–९ क्षेत्रमा आइतबार बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

काठमाडौबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बसमा ३३ जना यात्रु सवार थिए। दुर्घटनामा चालकसहित १७ जना घाइते भएका हुन्।

घाइतेहरूलाई तत्काल उद्धार गरी लालगढस्थित मोडल अस्पतालमा उपचारका लागि पठाइएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।