दार्चुलामा ४.१ म्याग्निच्युडको भूकम्प

User Image Prime TV News ३ दिन अगाडि
Image of दार्चुलामा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौ । दार्चुला जिल्लामा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ११:५५ बजे दार्चुलाको तपोवन आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का आसपासका बस्तीहरूमा पनि महसुस गरिएको बताइएको छ। हालसम्म कुनै ठूलो क्षति वा मानवीय हानीको विवरण प्राप्त नभएको जनाइएको छ। यसअघि गत वैशाख २४ गते धादिङ जिल्लाको चराङ फेदी आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।