बजेट अधिवेशनको पहिलो दिनमै नीति तथा कार्यक्रम आउने

User Image Prime TV News ३ दिन अगाडि
Image of बजेट अधिवेशनको पहिलो दिनमै नीति तथा कार्यक्रम आउने

काठमाडौ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको बजेट अधिवेशन सुरु हुने दिनमै प्रस्तुत गर्ने भएको छ।

संघीय संसदको बजेट अधिवेशन २८ वैशाखबाट सुरु हुँदैछ। सोही दिन नीति तथा कार्यक्रम ल्याउने तयारी सरकारले गरेको हो। यसअघि २५ वैशाखमा बसेको सरकारको बैठकले संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको थियो।

सरकारको आग्रहपछि राष्ट्रपति कार्यालयले सम्बोधनका लागि आवश्यक तयारी भइरहेको जनाएको छ। बजेट अधिवेशन सुरु भएपछि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सम्बन्धी प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।