सांसदलाई रवि लामिछानेको चेतावनी: विवादित अभिव्यक्ति नदिनू
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई सार्वजनिक अभिव्यक्ति दिँदा सावधानी अपनाउन निर्देशन दिएका छन्। आइतबार आयोजित प्रशिक्षण कार्यक्रममा उनले अन्तर्वार्ता, सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा बोल्दा विवाद हुने विषयमा ध्यान दिन आग्रह गरे।
लामिछानेले पार्टीको आधिकारिक धारणा भन्दा बाहिर गएर अभिव्यक्ति नदिन पनि सांसदहरूलाई सचेत गराए। उनले कुनै समूह वा गुटको पछि नलाग्न समेत आग्रह गरे। उनले “बालेन कि रवि” भन्दै पक्ष लिन खोज्दा केही सांसदले मन्त्री बन्ने अवसर गुमाएको दाबी गरे। उनका अनुसार यस्ता गतिविधिबारे पार्टी नेतृत्वलाई जानकारी हुने गरेको छ।
लामिछानेले आफू र बालेन शाह बीच फुट हुने चर्चा निराधार भएको बताए। उनले आफूहरू राजनीतिक रूपमा परिपक्व रहेको भन्दै यस्तो हल्लामा विश्वास नगर्न आग्रह गरे। उनले पार्टीभित्र विभाजन सिर्जना गर्ने गतिविधिमा लागे भविष्यमा टिकट नपाउने चेतावनी समेत दिएका छन्।







