कामु प्रधानन्यायाधीश मल्ललाई रविको चुनौती: 'मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यही छ, चलाइदिनुस् हतियार,'

User Image Prime TV News एक महिना अगाडि
Image of कामु प्रधानन्यायाधीश मल्ललाई रविको चुनौती: 'मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यही छ, चलाइदिनुस् हतियार,'

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिस विवादबारे उठेका आलोचनाप्रति प्रतिक्रिया दिएका छन्। आइतबार पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने क्रममा उनले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।

लामिछानेले प्रधानन्यायाधीश सिफारिस परम्पराभन्दा बाहिर गएको र असंवैधानिक भएको भन्ने आरोपको प्रतिवाद गर्दै वरिष्ठतम्लाई मात्रै बनाउने हो भने संवैधानिक परिषद्को आवश्यकता नै नपर्ने बताए। उनले विगतमा भागबन्डाका आधारमा नियुक्ति हुने गरेको संकेत गर्दै अहिलेको निर्णय फरक रहेको दाबी गरे।

यस क्रममा उनले आफूविरुद्ध आलोचना गर्नेहरूलाई चुनौतीपूर्ण शैलीमा प्रतिक्रिया पनि दिए। “मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार,” उनले भने। लामिछानेले अदालतले पनि विषयलाई हाँसोको रूपमा नलिन आग्रह गर्दै नागरिकलाई कसरी न्याय दिन सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने बताए।

उनले न्याय प्रणाली कागजमा सीमित नभई जनताले अनुभूति गर्ने खालको हुनुपर्ने धारणा राखेका छन्।