मन्त्री घिसिङको चेतावनी: बढी भाडा असुल्नेलाई तत्काल कारबाही

User Image Prime TV News ४ दिन अगाडि
Image of मन्त्री घिसिङको चेतावनी: बढी भाडा असुल्नेलाई तत्काल कारबाही

काठमाडौ । चाडपर्वको अवसरमा सार्वजनिक यातायातमा भाडा अनियमितता बढ्दै गएको गुनासोबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले स्वीकृत दरभन्दा बढी भाडा असुल्ने व्यवसायीलाई तत्काल कारबाही गरिने चेतावनी दिएका छन्।

उनले यात्रुहरूलाई बढी भाडा लिने, टिकटको कालोबजारी गर्ने जस्ता गतिविधि देखेमा स्थानीय प्रशासन वा सुरक्षा निकायमा तुरुन्त जानकारी दिनु पनि आग्रह गरेका छन्।

मन्त्री घिसिङको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ:

"यात्रुलाईअनावश्यकदु:दिएरचाडबाडलाईकमाउनेअवसरकोरूपमानलिनुहोस्।स्वीकृतभाडादरभन्दाबढीअसुलनगर्नटिकटमाकालोबजारीनगर्नआग्रहगरिएकोछ।"

उनले देशको हालको विषम परिस्थितिमा सबै पक्ष विशेष गरी यातायात व्यवसायीहरू जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याउँदै कानून विपरीतका कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन्।

यसअघि चाडबाडको समयमा धेरै यात्रुहरूबाट बढी भाडा लिएको र टिकट अभावको बहानामा कालोबजारी गरिएको गुनासा आइरहेका छन्।