आज राष्ट्रपतिले संसद् सम्बोधन गर्ने

User Image Prime TV News ४ दिन अगाडि
Image of आज राष्ट्रपतिले संसद् सम्बोधन गर्ने

काठमाडौ । मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा गर्ने सम्बोधन स्वीकृत गरेको छ।

सोमबार बसेको बैठकले राष्ट्रपतिको सम्बोधनलाई औपचारिक रूपमा अनुमोदन गरेको हो। अब राष्ट्रपति पौडेलले आज साँझ ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।

संविधानअनुसार बजेट अधिवेशन सुरु हुँदा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपतिमार्फत संसद्मा प्रस्तुत गर्ने व्यवस्था छ। त्यसैअनुसार आजको सम्बोधनमा सरकारका आगामी योजना र प्राथमिकता सार्वजनिक गरिनेछ।