विपक्षी दलको सभामुखसँग भेट, संसद् सञ्चालनबारे आपत्ति

User Image Prime TV News ४ दिन अगाडि
Image of विपक्षी दलको सभामुखसँग भेट, संसद् सञ्चालनबारे आपत्ति

काठमाडौ । विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूले डोलप्रसाद अर्याल सँग भेट गरेर संसद् सञ्चालनप्रति असन्तुष्टि जनाएका छन्। भेट सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा भएको हो।

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संसद्लाई सरकारको नियन्त्रणमा राखेर चलाउन खोजिएको आरोप लगाए। उनका अनुसार सरकारका धेरै निर्णय कार्यकारी तहबाट मात्रै भइरहेको भन्दै विपक्षी दलले ध्यानाकर्षण गराएको हो।

महरले आजको बैठकमा विपक्षीलाई बोल्ने समय नदिएको र सरकारको नीति तथा कार्यक्रममाथि छलफल एक दिनमै सीमित गरिएकोमा पनि आपत्ति जनाइएको बताए। विपक्षी दलले आकस्मिक समय माग गरेको छ। समय नदिए उभिएर विरोध गर्ने तर बैठक बहिष्कार नगर्ने उनीहरूको भनाइ छ।