राष्ट्रपति पौडेलद्वारा महानवमीको अवसरमा नवकन्या पूजा(फोटो फिचर)
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । नेपालीहरुको महान चाड बडा दसैँको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आज महानवमीको दिन नवकन्या पूजन गरेका छन् ।
शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति पौडेलले नवदुर्गाका प्रतीकस्वरूप नौ बालिकाको पूजा गरी आशिर्वाद लिएका हुन्।
बालमन्दिर, नक्सालबाट आमन्त्रित नवकन्याहरूलाई राष्ट्रपति पौडेलले परम्परानुसार गोडा धुने, टीका लगाउने तथा उपहार प्रदान गर्ने कार्य सम्पन्न गरे ।
नवकन्या पूजन हिन्दू परम्पराअनुसार दुर्गा भगवतीका नौ रूप - शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्र को प्रतीकस्वरूप गरिन्छ।
राष्ट्रपतिको सचिवालयका अनुसार प्रत्येक वर्ष महानवमीको दिन राष्ट्रप्रमुखद्वारा नवकन्या पूजा गर्ने परम्परा छ ।










