अवरोधपछि प्रतिनिधिसभा बैठक सञ्चालन

User Image Prime TV News ४ दिन अगाडि
Image of अवरोधपछि प्रतिनिधिसभा बैठक सञ्चालन

काठमाडौ । प्रतिनिधिसभा बैठक आज प्रतिपक्षी दलहरूको अवरोधका बिच सुरु भएको छ।

बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि केही समय तनावपूर्ण बनेको थियो। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई शान्त रहन र बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे। उनले आकस्मिक समय पहिले नै निर्धारण भइसकेको भन्दै अवरोध नगर्न भनेका थिए।

सभामुखको आग्रहपछि विपक्षीको अवरोध हटेपछि बैठक नियमित रूपमा अघि बढेको संसद सचिवालयले जनाएको छ।