सांसद जगदीश खरेलको आरोपप्रति कडा प्रतिक्रिया, प्रमाण दिन चुनौती

User Image Prime TV News ४ दिन अगाडि
Image of सांसद जगदीश खरेलको आरोपप्रति कडा प्रतिक्रिया, प्रमाण दिन चुनौती

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले आफूविरुद्ध लागेका आरोप पुष्टि गर्न सार्वजनिक रूपमा चुनौती दिएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले आफूलाई स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणसँग जोडेर भ्रामक समाचार प्रकाशित गरिएको दाबी गरे।

खरेलका अनुसार उक्त प्रकरणमा आफूले कुनै पनि बैठकमा सहभागिता जनाउने, फाइल पारित गर्ने वा कुनै निर्णय प्रक्रियामा संलग्न हुने काम नगरेको हो। उनले आफ्नो नाम जोडेर आएका समाचारलाई “निरर्थक र भ्रामक” भन्दै खण्डन गरे।

उनले संसद्को रेकर्डमै राख्न भन्दै ती समाचारप्रति कडा आपत्ति जनाए। साथै, आफूविरुद्ध लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिँदै प्रमाणित गर्न नसके सम्बन्धित सञ्चारमाध्यमले पत्रकारिताबाट बाहिरिनुपर्ने टिप्पणी पनि गरे। खरेलले थप भने, यदि स्मार्ट टेलिकम प्रकरणमा आफू संलग्न भएको कुनै पनि प्रमाण भेटिएमा आफू सधैंका लागि राजनीति छोड्न तयार रहेको घोषणा गरे।