सरकारको कामप्रति हर्क साम्पाङको आलोचना, संसदमा प्रश्न

User Image Prime TV News ४ दिन अगाडि
Image of सरकारको कामप्रति हर्क साम्पाङको आलोचना, संसदमा प्रश्न

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकारले राम्रोसँग काम गर्न नसकेको भन्दै कडा आलोचना गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देश अभिभावकविहीन जस्तो भएको बताए।

उनले गरिब र सुकुम्बासीलाई घरविहीन बनाइँदा मानिसहरू ठूलो समस्यामा परेको र केहीले आत्महत्या गर्नेसम्मको अवस्था आएको आरोप लगाए। यस्तो अवस्थाका लागि सरकार जिम्मेवार रहेको उनको भनाइ थियो।

साम्पाङले संविधानले दिएको आवास र सम्मानपूर्वक बाँच्ने अधिकार सरकारले पालना नगरेको भन्दै प्रश्न पनि गरे। उनले “संविधान मिच्ने सरकारको औचित्य के हो?” भन्दै कडा टिप्पणी गरे। त्यसैगरी उनले सुकुम्बासी राखिएको होल्डिङ सेन्टरमा प्रधानमन्त्री वालेन्द्र शाह गए वा नगएको विषयमा पनि प्रश्न उठाए। गरिबको समस्या बुझ्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।