सुकुम्बासी बस्ती हटाउने विषयमा सरकारको आलोचना

User Image Prime TV News ४ दिन अगाडि
Image of सुकुम्बासी बस्ती हटाउने विषयमा सरकारको आलोचना

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले सुकुम्बासी बस्ती हटाउने क्रममा नागरिकलाई ठूलो पीडा दिएको भन्दै कडा आलोचना गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बस्ती भत्काउने क्रममा मानिसहरू आत्महत्या गर्न बाध्य भएको दाबी गरे। यस्तो घटनामा सरकारलाई कानुनी रूपमा जिम्मेवार बनाउनुपर्ने उनले बताए। दुलालले “डोजर आतंक” का कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आएको भन्दै सरकारलाई प्रश्न पनि गरे।

उनले यस्तो अवस्थामा दुरुत्साहनको मुद्दा लाग्छ कि लाग्दैन भनेर सरकारसँग जवाफ मागे। उनले विधिको शासनको नारा दिएर आएको सरकारले अध्यादेशमार्फत शासन चलाउनु गलत भएको भन्दै लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाए।