कानुन मन्त्रीले पेस गरिन प्रधानमन्त्रीका तर्फबाट तीन अध्यादेश

User Image Prime TV News ४ दिन अगाडि
Image of कानुन मन्त्रीले पेस गरिन प्रधानमन्त्रीका तर्फबाट तीन अध्यादेश

काठमाडौ । प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट तीन वटा अध्यादेश पेस गरिएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सोमबार संसदमा ती अध्यादेशहरू पेस गरेकी हुन्।

पेस गरिएका अध्यादेशहरूमा “सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश”, “सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश” र “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश” रहेका छन्।

सरकारका अनुसार यी अध्यादेशमार्फत सम्बन्धित कानुनमा सुधार गरेर सरकारी कामकाज र सेवा प्रवाहलाई छिटो र सहज बनाउने उद्देश्य राखिएको छ।