विद्यार्थी संगठन हटाउने निर्णयमा सर्वोच्चको अन्तरिम आदेश

User Image Prime TV News ४ दिन अगाडि
Image of विद्यार्थी संगठन हटाउने निर्णयमा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौ । सर्वोच्च अदालतले सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। अदालतले सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले मुद्दाको अन्तिम निर्णय नहुँदासम्म पुरानो व्यवस्था यथावत राख्नुपर्ने संकेत दिएको छ। साथै दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ। सरकारले अध्यादेशमार्फत विश्वविद्यालयमा रहेका विद्यार्थी संगठन हटाउने र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) समेत खारेज गर्ने निर्णय गरेको थियो।

यो निर्णयविरुद्ध अनेरास्ववियु का अध्यक्ष दिपक धामी लगायतका विद्यार्थी नेताहरूले सर्वोच्चमा रिट दायर गरेका थिए। उनीहरूले विद्यार्थी संगठन हटाउने निर्णय खारेज गर्न माग गरेका थिए। यसैबीच सर्वोच्चले सरकारलाई कारण देखाउ आदेश पनि जारी गर्दै निर्णय किन रोक्न नपर्ने हो भन्ने स्पष्ट जवाफ दिन निर्देशन दिएको छ।