सेयर बजारमा हरियाली, नेप्से ३८ अंकले बढ्यो
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । नेपाली सेयर बजारमा साताको पहिलो दिन उत्साह देखिएको छ। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८.१९ अंकले बढेर २७८३ अंकमा पुगेको छ। बजार खुलेदेखि नै लगानीकर्ताको आकर्षण बढेका कारण नेप्से लगातार उकालो लागेको थियो।
कारोबारको अन्तिम समयसम्म बजार सकारात्मक रहेपछि सूचक दिनकै उच्च विन्दुमा पुगेको हो। आज कारोबार रकम पनि बढेको छ। सोमबार कुल ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। अघिल्लो कारोबार दिन भने ३ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको थियो।
आज अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ। २४७ कम्पनीको मूल्य बढ्दा १८ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ। सबै समूहका सूचक बढेका छन्। बैंकिङ, फाइनान्स, हाइड्रोपावर, माइक्रोफाइनान्स र बीमा समूहमा पनि सुधार देखिएको छ। आज फर्स्ट माइक्रोफाइनान्स को सेयर मूल्य सबैभन्दा धेरै बढेको छ। त्यस्तै दोल्ती पावर र मेन्छियाम हाइड्रोपावर का लगानीकर्ताले पनि राम्रो कमाइ गरेका छन्।







