संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने सरकारको योजना
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । सरकारले आगामी आर्थिक वर्षभित्र संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने योजना अघि सारेको छ।
यो विषय सरकारको नयाँ नीति तथा कार्यक्रममा समावेश गरिएको हो। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संविधान संशोधनका लागि आवश्यक छलफल र तयारी गरिने जानकारी दिएका हुन्।
यसका लागि सरकारले प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको छ। कार्यदलले राजनीतिक दल, कानुनविद् र विभिन्न क्षेत्रका व्यक्तिहरूसँग सुझाव संकलन गरिरहेको बताइएको छ।
सरकारले संविधानका केही विषयमा समयअनुसार सुधार आवश्यक रहेको भन्दै राष्ट्रिय स्तरमा बहस सुरु गर्ने तयारी गरेको हो।







