रिमोट वर्क अर्थतन्त्रतर्फ जाने सरकारको योजना

User Image Prime TV News ४ दिन अगाडि
Image of रिमोट वर्क अर्थतन्त्रतर्फ जाने सरकारको योजना

काठमाडौ । सरकारले नेपाललाई श्रम निर्यातमा आधारित अर्थतन्त्रबाट रिमोट वर्क र डिजिटल सेवामा आधारित अर्थतन्त्रतर्फ लैजाने योजना सार्वजनिक गरेको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अब नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्ने वातावरण बनाइने बताइएको हो । सरकारले ज्ञान, डिजिटल व्यापार, सूचना प्रविधि र सेवामुखी क्षेत्रलाई प्राथमिकतामा राख्ने जनाएको छ।

यसबाट युवालाई विदेश जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। त्यसैगरी सरकारले अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानुनी मान्यता दिने योजना पनि अघि सारेको छ। यसले विदेशबाट हुने भुक्तानी सहज बनाउने, विदेशी मुद्रा भित्र्याउने र कर व्यवस्थापन सुधार गर्ने सरकारको विश्वास छ।