विदेशी लगानीकर्तालाई लगानी भिसा दिने सरकारको योजना

User Image Prime TV News ४ दिन अगाडि
Image of विदेशी लगानीकर्तालाई लगानी भिसा दिने सरकारको योजना

काठमाडौ । सरकारले विदेशी लगानी बढाउन लगानीकर्तालाई विशेष भिसा दिने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा ‘लगानी भिसा’ सम्बन्धी व्यवस्था समावेश गरिएको हो।

संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विदेशी लगानीकर्तालाई नेपालमा सहज रूपमा लगानी गर्न वातावरण बनाइने बताइएको छ । सरकारका अनुसार लगानी भिसाले विदेशी व्यवसायीलाई नेपालमा उद्योग, व्यापार र अन्य क्षेत्रमा लगानी गर्न सहज हुने अपेक्षा गरिएको छ।

सरकारले यस नीतिबाट नेपालमा विदेशी पूँजी भित्रिने, नयाँ उद्योग खुल्ने र रोजगारीका अवसर बढ्ने विश्वास लिएको छ।