सीमा विवाद कूटनीतिक रूपमा समाधान गर्ने सरकारको नीति

User Image Prime TV News ३ दिन अगाडि
Image of सीमा विवाद कूटनीतिक रूपमा समाधान गर्ने सरकारको नीति

काठमाडौ । सरकारले सीमा विवादहरू कूटनीतिक संवादमार्फत समाधान गर्ने जनाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सीमा सम्बन्धी समस्याहरू वार्ताबाट समाधान गर्ने बताएका हुन्। सरकारले सीमा नाकामा सुरक्षा कडा बनाउने योजना पनि अघि सारेको छ।

त्यसअनुसार नाकामा अनुहार पहिचान प्रणाली लागू गरिनेछ। साथै अवैध गतिविधि नियन्त्रण गर्न ड्रोन र नाइट भिजन क्यामरा प्रयोग गरिने सरकारले जनाएको छ। सरकारको लक्ष्य सीमा सुरक्षालाई प्रविधिको प्रयोगमार्फत थप प्रभावकारी बनाउने र अवैध गतिविधि रोक्ने रहेको छ।