बालेन सरकारले कस्तो ल्यायो नीति तथा कार्यक्रम ? (पूर्णपाठ सहित )

User Image Prime TV News ३ दिन अगाडि
Image of बालेन सरकारले कस्तो ल्यायो नीति तथा कार्यक्रम ? (पूर्णपाठ सहित )

काठमाडौ । सरकारले नेपाललाई श्रममा आधारित अर्थतन्त्रबाट डिजिटल र प्रविधिमुखी अर्थतन्त्रतर्फ लैजाने घोषणा गरेको छ। सोमबार राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यो योजना सार्वजनिक गरेका हुन्।

सरकारले सूचना प्रविधि क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्दै नेपाललाई क्षेत्रीय टेक हब बनाउने लक्ष्य राखेको छ। सफ्टवेयर विकास, आर्टिफिसियल इन्टेलिजेन्स र क्लाउड कम्प्युटिङलाई निर्यातमुखी उद्योगका रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्न सकिने ‘रिमोट वर्क’ प्रणालीलाई कानुनी रूपमा व्यवस्थित गरिनेछ। यस क्षेत्रलाई प्रोत्साहन गर्न कर छुट र वित्तीय सहुलियत पनि दिने सरकारको योजना छ। सीमा व्यवस्थापनमा पनि आधुनिक प्रविधि प्रयोग गरिने भएको छ। सीमा नाकामा अनुहार पहिचान प्रणाली जडान गरिनेछ भने ड्रोन र नाइट भिजन क्यामेरा प्रयोग गरेर अवैध गतिविधि नियन्त्रण गरिने सरकारको भनाइ छ।

पूर्वाधार विकासका लागि सडक, रेल, हवाई र जल यातायातलाई एकीकृत योजनामा अघि बढाइनेछ। साथै वैदेशिक रोजगारीबाट फर्किनेहरूलाई उद्यम र कृषिमा जोड्ने कार्यक्रम पनि ल्याइनेछ । सरकारले शिक्षा, सुशासन, डिजिटल सेवा विस्तार र वातावरण संरक्षणलाई समेत नीति तथा कार्यक्रमको प्राथमिकतामा राखेको छ।