पश्चिमी प्रणाली सक्रिय, काठमाडौंसहित देशका धेरै ठाउँमा वर्षा

User Image Prime TV News ३ दिन अगाडि
Image of पश्चिमी प्रणाली सक्रिय, काठमाडौंसहित देशका धेरै ठाउँमा वर्षा

काठमाडौ । देशभर अहिले मौसम बदली भएको छ।

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम प्रभावित भएको हो।

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो पनि कोशी प्रदेशसहित देशका पहाडी र हिमाली क्षेत्रमा बादल लागिरहने अनुमान गरिएको छ। केही स्थानमा चट्याङसहित वर्षा हुन सक्ने चेतावनी मौसमविद्ले दिएका छन्।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने बताइएको छ। मौसम खराब बनेपछि हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।