धादिङमा मध्यराति बस दुर्घटना, १२ जना घाइते

User Image Prime TV News ३ दिन अगाडि
Image of धादिङमा मध्यराति बस दुर्घटना, १२ जना घाइते

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा गएराति दुई वटा यात्रुवाहक बस आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्।

प्रहरीका अनुसार काठमाडौंबाट पोखरा र वीरगञ्जतर्फ जाँदै गरेका बस एकआपसमा ठोक्किएका हुन्। दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घटनापछि प्रहरी र स्थानीयवासीले तत्काल उद्धार गरेर घाइतेहरूलाई अस्पताल पठाएका थिए।

प्रारम्भिक अनुसन्धानमा बसको तीव्र गति दुर्घटनाको मुख्य कारण रहेको अनुमान गरिएको छ। दुर्घटनापछि केही समय राजमार्गमा सवारी आवागमन प्रभावित भएको थियो। घाइतेहरूको पहिचान खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।