आज प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल हुँदै

User Image Prime TV News ३ दिन अगाडि
Image of आज प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल हुँदै

काठमाडौ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक मध्याह्न १ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। छलफलमा विभिन्न राजनीतिक दलका सांसदहरूले आफ्नो धारणा राख्नेछन्।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सरकारले चालु अधिवेशनमै आर्थिक वर्ष २०८३–८४ को बजेट पनि ल्याउने तयारी गरेको छ।

त्यसअघि नीति तथा कार्यक्रममाथि संसद्मा व्यापक छलफल हुने भएको हो ।