विश्वकप लिग–२ आजदेखि, नेपालले स्कटल्याण्डसँग खेल्दै

User Image Prime TV News ३ दिन अगाडि
Image of विश्वकप लिग–२ आजदेखि, नेपालले स्कटल्याण्डसँग खेल्दै

काठमाडौ ।आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्डबीचको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजदेखि सुरु हुँदैछ।

घरेलु टोली नेपालले पहिलो खेलमा स्कटल्याण्ड सँग प्रतिस्पर्धा गर्नेछ। खेल बिहान ९ः३० बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ। नेपाल यसअघिको घरेलु श्रृङ्खलामा राम्रो लयमा देखिएको थियो। यूएई र ओमानविरुद्ध खेलेका चार खेलमध्ये नेपालले तीन खेल जितेको थियो। त्यसले टोलीको आत्मविश्वास बढाएको छ।

त्यसअघि नेपालको ‘ए’ टोलीले पनि अमेरिका र स्कटल्याण्डविरुद्धको श्रृङ्खला क्लिन स्वीप गरेपछि राष्ट्रिय टोली थप उत्साहित देखिएको छ।

यस श्रृङ्खलामा घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका ईशान पाण्डे सात वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन्। उनलाई बसिर अहमदको स्थानमा टोलीमा समावेश गरिएको हो।

नेपालको टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दिपेन्द्र सिह एरी, कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, गुलशन झा, सोमपाल कामी, सन्दिप लामिछाने लगायत खेलाडी रहेका छन्।

अंकतालिकामा ३६ अंकसहित अमेरिका शीर्षस्थानमा छ। शीर्ष स्थानमा छ भने स्कटल्याण्ड ३४ अंकसहित दोस्रो स्थानमा रहेको छ। नेपाल १८ अंकसहित सातौँ स्थानमा छ। नेपालले घरेलु मैदानको फाइदा उठाउँदै आज विजयी सुरुवात गर्ने लक्ष्य राखेको छ।