ट्रम्पले इरानसँगको युद्धविरामलाई भने ‘भेन्टिलेटरमा’, फेरि युद्धको खतरा बढ्यो
Prime TV News २ दिन अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब टिक्न कठिन अवस्थामा पुगेको बताएका छन्। उनले युद्धविराम 'भेन्टिलेटरमा पुगेको' टिप्पणी गर्दै अमेरिका पूर्ण जित चाहने बताएका हुन्।
ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले पठाएको शान्ति प्रस्तावलाई अस्वीकार गरेका छन्। उनले उक्त प्रस्तावलाई 'कुडा' को संज्ञा दिएका छन्।
इरानले पाकिस्तानको मध्यस्थतामार्फत अमेरिकालाई आफ्नो जवाफ पठाएको थियो। प्रस्तावमा युद्ध अन्त्य, परमाणु कार्यक्रम, प्रतिबन्ध हटाउने र होर्मुज स्ट्रेटको सुरक्षाजस्ता विषय समावेश रहेको बताइएको छ।
तर ट्रम्पले अमेरिकाले इरानमाथिको दबाब कायम राख्ने र आफ्ना शर्तमा मात्र सम्झौता गर्ने स्पष्ट पारेका छन्। उनको पछिल्लो भनाइपछि अमेरिका र इरान बीच फेरि युद्ध सुरु हुन सक्ने चिन्ता बढेको छ। युद्धविराम जुनसुकै बेला तोडिन सक्ने अनुमान गरिएको छ।
पछिल्लो तनावका कारण विश्व बजारमा तेलको मूल्य प्रभावित भइरहेको छ भने होर्मुज स्ट्रेटको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय चासो बढेको छ।







