एमाले संसदीय दलको उपनेतामा पद्माकुमारी अर्याल

User Image Prime TV News २ दिन अगाडि
Image of एमाले संसदीय दलको उपनेतामा पद्माकुमारी अर्याल

काठमाडौ । नेकपा एमालेले पार्टी सचिव तथा प्रतिनिधि सभा सदस्य पद्माकुमारी अर्याललाई संसदीय दलको उपनेतामा मनोनीत गरेको छ। संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले दलको विधानअनुसार अर्याललाई उपनेताको जिम्मेवारी दिएका हुन्।

प्रमुख सचेतक ऐन महरका अनुसार संसदीय दल विधानमा दल नेताले उपनेता चयन गर्ने व्यवस्था रहेकाले सोही प्रावधानअनुसार मनोनयन गरिएको हो। अर्याल एमालेभित्र सक्रिय महिला नेतृमध्ये एक मानिन्छिन्।

उनी यसअघि विभिन्न सरकारी तथा पार्टी जिम्मेवारीमा समेत रहिसकेकी छन्। उनको मनोनयनलाई एमालेले संसदीय गतिविधिलाई थप प्रभावकारी बनाउने तयारीका रूपमा हेरिएको छ। यसअघि एमालेले प्रमुख सचेतकमा ऐन महर र सचेतकमा निता घतानी लाई जिम्मेवारी दिएको थियो।