कांग्रेस भित्र शेरबहादुर देउवा समूहको प्रदेशस्तरीय भेला सुरु
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आजदेखि प्रदेशस्तरीय भेला सुरु गरेको छ। भेलाको पहिलो कार्यक्रम कोशी प्रदेशमा आयोजना गरिएको छ। मोरङको विराटनगरस्थितमा भेला आयोजना गरेको हो ।
देउवा समूहका नेता मीन विश्वकर्माले पार्टीभित्र विचार समूहलाई एकताबद्ध राख्न र आन्तरिक छलफललाई प्रभावकारी बनाउन भेला आयोजना गरिएको बताए। उनका अनुसार भेलामा पार्टी सङ्गठन सुदृढ बनाउने, १५औँ महाधिवेशनको तयारी गर्ने र निष्क्रिय बनेका कार्यकर्तालाई फेरि सक्रिय बनाउने विषयमा छलफल हुनेछ।
वर्तमान राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारे पनि नेताहरूबीच विचार आदानप्रदान हुने बताइएको छ। देउवा समूहले बुधबार बागमती प्रदेशस्तरीय भेला काठमाडौंमा गर्ने तयारी गरेको छ। प्रदेशस्तरीय भेलाका लागि विभिन्न प्रदेशमा नेताहरूलाई समन्वयको जिम्मेवारी दिइएको छ।
कोशीमा कृष्णप्रसाद सिटौला, मधेशमा आनन्दप्रसाद ढुङ्गाना, बागमतीमा प्रकाशमान सिंह र प्रकाशशरण महत लगायत नेताहरू सक्रिय रहेका छन्।







