संसदमा बजेटका सिद्धान्त र प्राथमिकता पेश गरिने
Prime TV News २ दिन अगाडि 
काठमाडौ । सरकारले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता बिहीबार संसद्मा पेश गर्ने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ समितिको बैठकमा यसबारे जानकारी दिएका हुन्। उनले सांसदहरूले दिएका सुझावलाई बजेटमा समावेश गर्ने प्रयास गरिने बताए। उनका अनुसार अहिले पनि सांसदहरू विभिन्न योजना र कार्यक्रमका लागि बजेट माग गर्दै अर्थ मन्त्रालय पुगिरहेका छन्।
तर बजेटको सीमा पहिले नै तय भएकाले नयाँ कार्यक्रम थप्न धेरै सम्भावना नरहेको उनले बताए। अर्थमन्त्री वाग्लेले सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रतिबद्धतासँग मिल्ने पनि उल्लेख गरे। कानुनअनुसार सरकारले बजेट ल्याउनुभन्दा १५ दिनअघि बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेश गर्नुपर्ने व्यवस्था छ।







