सुनको भाउ फेरि बढ्यो, तोलामा ४४ सय रुपैयाँले वृद्धि

User Image Prime TV News २ दिन अगाडि
Image of सुनको भाउ फेरि बढ्यो, तोलामा ४४ सय रुपैयाँले वृद्धि

काठमाडौ । नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ। लगातार दुई दिन घटेको सुन आज भने एकैदिन तोलामा ४४ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको छ।

हिजो सुनको भाउ ४ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँमा पुगेको थियो। त्यसअघि आइतबार पनि सुनको मूल्य घटेको थियो। चाँदीको भाउ पनि आज बढेको छ। चाँदी तोलामा ३१० रुपैयाँले बढेर ५ हजार ६९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। हिजो चाँदी ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।

पछिल्ला दिनहरूमा चाँदीको मूल्य लगातार उकालो लागिरहेको छ। यसअघि माघ १५ गते सुनको मूल्य एकैदिन ठूलो मात्रामा बढेर तोलामा ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो। त्यही दिन चाँदीको मूल्य पनि हालसम्मकै सबैभन्दा उच्च स्तरमा पुगेको थियो।