काठमाडौं महानगरको फाइल छिटो टुंग्याउन सुनिता डंगोलको निर्देशन
Prime TV News २ दिन अगाडि 
काठमाडौ । सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइल एक साताभित्र टुंग्याउन निर्देशन दिएकी छिन्। महानगरको समीक्षा बैठकमा उनले विभागीय प्रमुखहरूलाई प्रक्रिया मिलेको फाइल तुरुन्त स्वीकृत गर्न र नमिलेको भए कारणसहित फिर्ता पठाउन भनेकी हुन्।
उनले केन्द्रमा कुनै पनि फाइल रोक्न नहुने भन्दै 'शून्य फाइल' को अवस्था बनाउन निर्देशन दिइन्। डंगोलले वडामा हुने काममा गुणस्तरमा ध्यान दिन पनि आग्रह गरिन्। गुणस्तर कमजोर हुने कार्यक्रम कार्यान्वयन नगर्न वडा सचिवहरूलाई निर्देशन दिइएको छ।
बैठकमा उनले बेरुजु घटाउने, राजस्व संकलन बढाउने, सार्वजनिक जग्गा अतिक्रमण हटाउने र महानगरको सम्पत्ति अभिलेख अद्यावधिक गर्ने कामलाई प्राथमिकता दिनुपर्ने बताइन्। सामाजिक कार्यक्रमअन्तर्गत एउटै व्यक्तिलाई पटक–पटक तालिम दिने अभ्यास अन्त्य गर्न पनि उनले निर्देशन दिइन्।
महानगरका अनुसार हालसम्म कुल खर्च करिब ४० प्रतिशत हाराहारीमा पुगेको छ। केही वडाले राम्रो प्रगति गरे पनि केही वडाको खर्च निकै कम रहेको देखिएको छ।







