कांग्रेसमा १९ जना मनोनयनपछि विवाद, शेखर कोइरालाले भने– एकता कमजोर भयो
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेस भित्र १९ जना केन्द्रीय सदस्य मनोनीत भएपछि पार्टीमा असन्तुष्टि देखिएको छ। सभापति गगन थापाले केन्द्रीय समितिमा १९ जनालाई मनोनीत गरेपछि नेता शेखर कोइराला ले त्यसप्रति ५ बुँदे धारणा सार्वजनिक गरेका छन्।
कोइरालाले मनोनयनले पार्टीको एकतामा असर परेको बताएका छन्। उनका अनुसार यस्तो निर्णयले पार्टीभित्र असन्तुष्टि बढ्ने र एकता कमजोर हुने अवस्था आएको छ। यस पटकको मनोनयनमा निवर्तमान सभापति शेरबहादुर देउवा निकट ११ जना, कोइराला पक्षका ७ जना र एक जना अर्को समूहका नेता समेटिएका छन्।
कोइरालाले पार्टी एकता बिना राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्न नसकिने बताएका छन्। उनले १५औं महाधिवेशनलाई “एकता महाधिवेशन” का रूपमा गर्नुपर्ने सुझाव दिएका छन्। उनले क्रियाशील सदस्यताको आधारमा मात्रै महाधिवेशन गर्नुपर्ने र सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। कोइरालाले गुट–उपगुट अन्त्य नगरे पार्टी कमजोर हुने चेतावनी पनि दिएका छन्।







