राष्ट्रपति र सभामुखबीच शीतल निवासमा भेटवार्ता

User Image Prime TV News २ दिन अगाडि
Image of राष्ट्रपति र सभामुखबीच शीतल निवासमा भेटवार्ता

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्याल बीच मंगलबार भेटवार्ता भएको छ। उनीहरूबीच राष्ट्रपति भवन शीतल निवासमा भेट भएको हो।

भेटमा देशको समसामयिक राजनीतिक अवस्थाबारे सामान्य छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ। तर छलफलमा के–के विषयमा कुरा भयो भन्ने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।