कांग्रेसले प्रधानमन्त्रीसँग जवाफ माग्यो, संसदबाट बाहिरिएको घटनामा आपत्ति
Prime TV News २ दिन अगाडि 
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह सँग संसदबाट बाहिरिएको घटनाबारे स्पष्टिकरण माग गरेको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद वासना थापाले प्रधानमन्त्रीको व्यवहारमाथि आपत्ति जनाएकी हुन्।
उनले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बीचैमा बैठक छाडेर बाहिरिनु सामान्य विषय नभएको बताइन्। थापाका अनुसार यस्तो व्यवहारले संसदीय मर्यादा, संवैधानिक संस्कार र राज्यको जिम्मेवारीप्रति प्रश्न उठाउँछ।
कांग्रेसले प्रधानमन्त्रीले यस विषयमा स्पष्ट जवाफ दिनुपर्ने र भविष्यमा यस्तो घटना नदोहोरिनुपर्ने माग गरेको छ। सांसद थापाले लोकतन्त्रमा पदभन्दा मर्यादा र जनविश्वास ठूलो हुने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छिन्।







