लिग–२ क्रिकेटमा नेपाललाई २४४ रनको लक्ष्य

User Image Prime TV News २ दिन अगाडि
Image of लिग–२ क्रिकेटमा नेपाललाई २४४ रनको लक्ष्य

काठमाडौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोली ले नेपाललाई २४४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनायो।

स्कटल्यान्डका ओपनर जर्ज मुन्सीले राम्रो प्रदर्शन गर्दै ७५ रन बनाए। उनले १२ चौका र २ छक्का प्रहार गरे। फिन्ले म्याककिएथले ३५ रन, माइकल इंग्लिसले अविजित ३४ रन, माइकल लिस्कले २९ रन र मार्क वाटले २४ रन बनाए।

पहिलो विकेटका लागि मुन्सी र म्याककिएथबीच ११४ रनको साझेदारी भएको थियो। यो साझेदारी नेपालका बलर सन्दीप लामिछानेले तोडे। नेपालका बलरमध्ये सन्दीप लामिछानेले ४ विकेट लिए। करण केसी र नन्दन यादवले २–२ विकेट हात पारे। अब नेपालले जितका लागि २४४ रन बनाउनुपर्नेछ।