मानव अधिकार आयोगको सरकारलाई पत्र, सुधार कार्य अघि बढाउन आग्रह

User Image Prime TV News २ दिन अगाडि
Image of मानव अधिकार आयोगको सरकारलाई पत्र, सुधार कार्य अघि बढाउन आग्रह

काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई मानव अधिकारसम्बन्धी दायित्वहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ। आयोगले विशेष पत्र पठाउँदै संविधान, कानुन र अन्तर्राष्ट्रिय सम्झौताअनुसार सुनिश्चित अधिकारहरू प्रभावकारी रूपमा लागू गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

पत्रमा मौलिक हकको पूर्ण कार्यान्वयन, आवश्यक कानुनी सुधार र लामो समयदेखि रोकिएको सङ्क्रमणकालीन न्याय प्रक्रियालाई अघि बढाउनुपर्ने विषय उठाइएको छ। त्यसैगरी मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयन, विकास र मानव अधिकारबीच सन्तुलन तथा अन्तर्राष्ट्रिय सिफारिसहरूको पालना गर्न पनि आयोगले सुझाव दिएको छ।

आयोगले निर्वाचनको समयमा मानव अधिकारको सुरक्षा र सार्वजनिक सेवा प्रवाहलाई जनमैत्री बनाउनुपर्ने विषयमा पनि जोड दिएको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार यी सबै विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ।