प्रधानमन्त्री संसदबाट बाहिरिएको घटनामा स्वास्थ्य परीक्षण गर्न कांग्रेसको माग
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह संसदको संयुक्त बैठकबाट बीचैमा बाहिरिएको घटनाप्रति कडा आपत्ति जनाएको छ। मंगलबार प्रतिनिधिसभामा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यो घटना असामान्य भएको टिप्पणी गरे।
उनले नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बीचमै उठेर बाहिरिनु संसारमा विरलै देखिने घटना भएको बताए। आङ्देम्बेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पनि प्रश्न उठाउँदै आवश्यक भए स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी दिन माग गरे।
उनले प्रधानमन्त्री कुनै एक दलको मात्र नभई सम्पूर्ण देशको नेतृत्व गर्ने व्यक्ति भएको भन्दै यस्तो व्यवहारले जनतामा गलत सन्देश गएको बताए। साथै उनले सभामुख डोलप्रसाद अर्याल को भूमिकामाथि पनि प्रश्न उठाउँदै संसदको गरिमा कायम राख्न ध्यान दिनुपर्ने बताएका छन्।







