नेपाली कांग्रेस मनोनयनप्रति पूर्णबहादुर खड्काको असन्तुष्टि

User Image Prime TV News २ दिन अगाडि
Image of नेपाली कांग्रेस मनोनयनप्रति पूर्णबहादुर खड्काको असन्तुष्टि

काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिमा गरिएको पछिल्लो मनोनयनप्रति असन्तुष्टि जनाएका छन्।

वैशाख २८ गते गरिएको मनोनयन निर्णयले पार्टी एकता कमजोर बनाएको उनले बताएका छन्। खड्काले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मनोनयनबारे आफूलाई कुनै जानकारी वा छलफल नभएको स्पष्ट पारेका छन्।

उनका अनुसार पार्टी एकतामै जोड दिनुपर्ने समयमा यस्तो निर्णय आउनु राम्रो संकेत होइन। खड्काले सबै नेताहरूलाई व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर पार्टी एकता मजबुत बनाउन आग्रह गरेका छन्। उनले विगतमा विभाजित कांग्रेसले ठूलो क्षति बेहोरेको भन्दै त्यसबाट पाठ सिक्नुपर्ने बताएका छन्।