बादलको टिप्पणी: रास्वपा वैचारिक दल होइन

User Image Prime TV News एक दिन अगाडि
Image of बादलको टिप्पणी: रास्वपा वैचारिक दल होइन

काठमाडौ । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय स्वतन्त्र पार्टी लाई वैचारिक आधारमा बनेको दल नभएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले रास्वपा आकस्मिक रूपमा बनेको अस्थायी गठजोड जस्तो समूह भएको दाबी गरे।

बादलका अनुसार रास्वपाले सत्ता र संसदमा प्रभाव बढाएपछि राज्यका प्रशासन र न्याय प्रणालीमा नियन्त्रण स्थापित गर्ने प्रयास गरेको आरोप छ। उनले रास्वपाको सफलता दीर्घकालीन राजनीतिक योगदानभन्दा पनि पुराना दलका कमजोरी र अन्य प्रभावहरूको परिणाम भएको टिप्पणी गरे।

उनले भने, ‘प्रतिनिधि सभा तथा सङ्घीय सरकारमा आफ्नो एकल नेतृत्व स्थापित गरिसकेपछि रास्वपा सरकारले निर्धारित अधिवेशन स्थगन गरी ८ वटा अध्यादेश जारी गर्‍यो। यसको राजनीतिक लक्ष्य राज्यको प्रशासन तन्त्र तथा न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो। यो लक्ष्य प्राप्त गर्न पनि रास्वपा सफल रह्यो।’

बादलले रास्वपाको लक्ष्य आगामी निर्वाचनमा अझ बढी शक्ति हासिल गरेर एकल नेतृत्व स्थापित गर्नु रहेको पनि बताएका छन्।