हर्क साम्पाङको प्रश्न: प्रधानमन्त्री संसद्मा किन आउँदैनन्?
Prime TV News एक दिन अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले प्रधानमन्त्री संसद् बैठकमा उपस्थित नहुने विषयमा प्रश्न उठाएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारमा प्रधानमन्त्री छन् कि छैनन् भन्ने नै स्पष्ट हुनुपर्ने बताए। साम्पाङले प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्नुपर्ने र सांसदका प्रश्नको जवाफ दिनुपर्ने दायित्व भएपनि प्रधानमन्त्रीले प्रश्नको जवाफ नदिँदा जनताका प्रश्न पनि बेवास्ता भएको जस्तो हुने टिप्पणी गरे ।
‘यो सरकारको प्रधानमन्त्री छ कि छैन, छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ?,’ उनले भने, ‘सांसदको प्रश्नको उत्तर दिनुपर्छ कि पर्दैन ? सांसदको प्रश्नको उत्तर नदिनु भनेको जनताको प्रश्नको जवाफ नदिनु हो ।’
साम्पाङले जवाफ दिन नसक्ने प्रधानमन्त्रीलाई असक्षम मान्नुपर्ने धारणा पनि राखेका छन्।






