यो सरकार हो कि, आतङ्कवादी हो ? ज्ञानेन्द्र बहादुर शाही
Prime TV News एक दिन अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले सुकुम्बासी बस्ती हटाउने क्रममा गरेको कार्यप्रति कडा आलोचना गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारको शैलीलाई आतङ्कवादी जस्तो भएको टिप्पणी गरे।
शाहीले अव्यवस्थित बस्ती हटाउनु आवश्यक भए पनि मानवीय संवेदनामा ध्यान दिनुपर्ने बताए । ‘अव्यवस्थित बस्ती जोगाउनुपर्छ भन्ने होइन, सरकारी जग्गा हडपेकाहरूलाई हटाउनुपर्छ तर सरकार सरकार हो कि आतङ्कवादी हो ?’, शाहीको प्रश्न छ ।
उनले सत्ता र शक्तिको आडमा मात्र कारबाही हुने हो भने मन्त्रीका घरमा किन डोजर नचलाएको भन्दै प्रश्न पनि उठाए। सुकुम्बासी हटाउने क्रममा दुई जनाको ज्यान गएको भन्दै उनले नागरिकको ज्यान जोगाउनु सरकारको प्रमुख जिम्मेवारी भएको बताए।






