विशेष महाधिवेशनलाई आफूहरूले स्वीकार नगर्नेः विमलेन्द्र निधि

User Image Prime TV News एक दिन अगाडि
Image of विशेष महाधिवेशनलाई आफूहरूले स्वीकार नगर्नेः विमलेन्द्र निधि

जनकपुर । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले नेपाली कांग्रेस १५औँ महाधिवेशनको तयारीमा जुटिसकेको बताएका छन्। मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले विशेष महाधिवेशनलाई आफूहरूले स्वीकार नगर्ने स्पष्ट पारे।

निधिले पार्टी एकताका लागि १४औँ महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधर कार्यसमितिलाई मिलाएर संयुक्त कार्यसमिति बनाउनुपर्ने बताए। उनका अनुसार संयुक्त कार्यसमितिले १५औँ महाधिवेशनको तयारी र आवश्यक निर्णय अघि बढाउनुपर्छ।

निधिले विशेष महाधिवेशनमा सबै प्रतिनिधिको सहभागिता नभएको दाबी गर्दै धेरै प्रतिनिधि बाहिर रहेको बताए। उनले पार्टी एकताका लागि नेताहरूबीच छलफल भइरहेको भए पनि अहिलेसम्म ठोस प्रस्ताव नआएको उल्लेख गरे। निधिले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेकाले पुनः नवीकरण आवश्यक नरहेको पनि बताए।

उनका अनुसार अहिले सातै प्रदेशमा पार्टीभित्र छलफल र भेटघाटको कार्यक्रम सञ्चालन भइरहेको छ।