सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री बालेनले जवाफ दिने
Prime TV News २२ घण्टा अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि अहिले प्रतिनिधिसभामा छलफल भइरहेको छ । छलफलका क्रममा विभिन्न दलका सांसदहरूले सरकारका योजना, बजेटको प्राथमिकता र कार्यान्वयनबारे प्रश्न उठाएका छन् ।
ती प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाह आज संसदमा उपस्थित हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढाउने प्रस्ताव पनि पेश गर्नेछन् ।
यस्तै, बैठकमा सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू पनि प्रस्तुत हुनेछन् । त्यसपछि नीति तथा कार्यक्रममाथि थप छलफल हुने बताइएको छ ।








