निलम्बनका कारण लामिछाने वेष्ट इन्डिजविरुद्ध मैदान बाहिर

User Image Prime TV News ११ महिना अगाडि
Image of निलम्बनका कारण लामिछाने वेष्ट इन्डिजविरुद्ध मैदान बाहिर

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार लेग स्पिनर सन्दीप लामिछाने वेष्ट इन्डिजविरुद्धको अन्तिम दुई खेलमा निलम्बनका कारण मैदान बाहिर रहेका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै यो पुष्टि गरेको हो।

क्यानका महासचिव पारख खड्काद्वारा जारी विज्ञप्तिअनुसार, सन्दीपले पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेटअघि आफैंले खेल नखेल्ने निर्णय गरेका थिए। सो निर्णयपछि टिम व्यवस्थापनसँग समन्वय गरी टिम म्यानेजरको सिफारिसमा उनलाई बाँकी दुई खेलका लागि निलम्बन गरिएको उल्लेख छ। विज्ञप्तिमा उल्लेख गरिएको छ :

"सन्दीप लामिछानेले पहिलो खेल खेल्न अस्वीकार गरेपछि टिम व्यवस्थापनले अनुशासनका आधारमा आवश्यक निर्णय गरेको हो,"

तर क्यानले सन्दीपको निलम्बनको स्पष्ट कारण भने खुलाएको छैन। स्वास्थ्य समस्या, अनुशासनहीनता वा अन्य आन्तरिक कारणको चर्चा भए पनि आधिकारिक रूपमा केही पुष्टि गरिएको छैन।