नीति तथा कार्यक्रममाथि आज संसदमा छलफल, अर्थमन्त्री वाग्लेले दिने जवाफ

User Image Prime TV News १४ घण्टा अगाडि
Image of नीति तथा कार्यक्रममाथि आज संसदमा छलफल, अर्थमन्त्री वाग्लेले दिने जवाफ

काठमाडौ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि आज प्रतिनिधि सभामा छलफल हुने भएको छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची सार्वजनिक गरिएको थियो । तर, पछिल्लो परिवर्तनअनुसार अब अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु गरिने, सांसदहरूले दिएका संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने तथा कार्यक्रम पारित गर्ने तयारी गरिएको संसद सचिवालयले जनाएको छ ।

यसअघि बसेको बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राखेका थिए ।