रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असारमा चितवनमा हुने
Prime TV News १२ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन आगामी असारमा चितवनमा गर्ने भएको छ । पार्टीले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन आयोजना गर्ने तयारी गरेको जनाएको छ ।
रास्वपा नेता गणेश पराजुलीले सामाजिक सञ्जालमार्फत पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनमा हुने जानकारी दिएका हुन् । महाधिवेशन लगायत समसामयिक विषयमा छलफल गर्न पार्टी सभापति रवि लामिछानेले आज पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बोलाएका थिए ।







