स्मार्ट टेलिकमको सामान लिलामी प्रकरणमा बैंकका सिईओ पक्राउ
Prime TV News १२ घण्टा अगाडि 
काठमाडौ । सरकारको मातहतमा आएको स्मार्ट टेलिकम को सामान लिलामी गरिएको आरोपमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले उनलाई पक्राउ गरेको हो । सिआईबी प्रमुख डा. मनोज केसीले पाण्डेलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । स्मार्ट टेलिकम सरकारको मातहतमा आएपछि त्यससँग सम्बन्धित सामान लिलामी गरिएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको सिआईबीले जानकारी दिएको छ ।







