सुनको मूल्य घट्यो, चाँदी महँगियो

User Image Prime TV News १३ घण्टा अगाडि
Image of सुनको मूल्य घट्यो, चाँदी महँगियो

काठमाडौ । नेपाली बजारमा बुधबार सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य मंगलबारको तुलनामा सात सय रुपैयाँ कम हो । मंगलबार सुन प्रतितोला तीन लाख दुई हजार नौ सय रुपैयाँ पुगेको थियो । यता चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला पाँच हजार सात सय १० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य पाँच हजार ६ सय ९५ रुपैयाँ थियो ।

यसअनुसार चाँदीको भाउ एक दिनमै प्रतितोला १५ रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार सात सय अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको बताइएको छ ।