बादलको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने

User Image Prime TV News १० घण्टा अगाडि
Image of बादलको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने

काठमाडौ । प्रतिनिधिसभामा एमाले नेता रामबहादुर थापाले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा मनिष खनालले बादलको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका थिए ।

त्यसपछि सभामुख डीपी अर्याल ले उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् । बादलको अभिव्यक्तिलाई लिएर संसदमा विवाद भएको थियो । सभामुखको निर्णयपछि अब उक्त भनाइ संसद्को आधिकारिक रेकर्डमा रहने छैन ।